Logo

१६ बैशाख, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल यही वैशाख १९ गते संघीय संसद्का दुवै सदन (प्रतिनिधि सभा र राष्ट्रिय सभा ) को संयुक्त बैठकलाई सम्बोधन गर्ने भएका छन् ।

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकपछि सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले पत्रकार सम्मेलनमार्फत उक्त जानकारी दिएका हुन् । उनका अनुसार राष्ट्रपति पौडेलले दिउँसो ३ बजे संसद भवन नयाँ बानेश्वरमा हुने संयुक्त बैठकमा सम्बोधन गर्नेछन् ।

राष्ट्रपतिबाट हुने यो सम्बोधन वार्षिक परम्पराअनुसार आगामी नीति तथा कार्यक्रम प्रस्तुत हुनुअघि संविधान बमोजिम हुने संबोधन हो, जसले सरकारको नीति, प्राथमिकता र भावी कार्यदिशा स्पष्ट पार्ने अपेक्षा गरिएको छ ।

त्यसैगरी मन्त्रिपरिषद् बैठकले केही मन्त्री, सचिव तथा आयोगका पदाधिकारीहरूको विदेश भ्रमणलाई स्वीकृति दिएको छ । तर, हालै चर्चामा रहेको शिक्षक आन्दोलनका विषयमा भने बैठकमा कुनै निर्णय नभएको सञ्चारमन्त्री गुरुङले जानकारी दिए ।


सम्बन्धित समाचार