१४ असार, बारा । बाराको प्रसौनी गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष बृजकिशोर कुशवाहा अभद्र व्यवहार सम्बन्धी मुद्दामा पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार ३७ वर्षीय वडाध्यक्ष कुशवाहालाई आइतबार प्रहरीले नियन्त्रणमा लिएको हो । अदालतको अनुमति आदेश तथा गत २०८३ वैशाख १७ गते जारी भएको पक्राउ पुर्जीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय प्रसौनीबाट प्रहरी निरीक्षक सुमन लामाको नेतृत्वमा खटिएको विशेष टोलीले कुशवाहालाई कलैया उपमहानगरपालिका–२३ बैराठपुरस्थित उनकै निजी निवासबाट नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय बाराका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक (डीएसपी) मीनबहादुर घलेले घटनाको पुष्टि गर्दै पक्राउ परेका वडाध्यक्ष कुशवाहामाथि आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अगाडि बढाउन जिल्ला प्रहरी कार्यालयमा ल्याइएको जानकारी दिएका छन् ।
वैचारिक कार्यक्रमलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गर्नुभयो।

















