
१६ बैशाख, काठमाडौँ । भारतको मध्य प्रदेशमा एक भ्यान इनारमा खस्दा १२ जनाको मृत्यु भएको छ । २ जना घाईते भएका छन् ।
मंदसौर जिल्लाको कछारिया गाउँमा आइतबार दिउँसो एक भ्यान मोटरसाइकलसँग ठोक्किएपछि फिसलिँदै इनारमा खसेको थियो ।
भ्यानमा १४ जना सवार थिए । जिल्लाको कछारिया गाउँमा आइतबार दिउँसो भएको उक्त दुर्घटनामा इनारमा खसेका व्यक्तिहरूलाई बचाउन गएका एक उद्धारकर्ता र मोटरसाइकल सवार युवकको पनि ज्यान गएको छ।
एकजना महिला गम्भीर घाइते अवस्थामा उपचाररत छिन् । प्रत्यक्षदर्शीका अनुसार, सडकमा आएका मोटरसाइकल सवारलाई बचाउने प्रयासमा भ्यान अनियन्त्रित भइ इनारमा खसेको हो । इनारमा बार नभएकाले दुर्घटना भएको बताइएको छ।
प्रधानमन्त्री नरेन्द्र मोदीले दुर्घटनाप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारलाई २ लाख रुपैयाँ र घाइतेहरूलाई ५० हजार रुपैयाँ राहत दिने घोषणा गरेका छन्। मध्य प्रदेशका मुख्यमन्त्री मोहन यादवले पनि मृतकका परिवारलाई २ लाख, गम्भीर घाइतेलाई १ लाख र अन्य घाइतेहरूलाई ५० हजार रुपैयाँ आर्थिक सहायता प्रदान गर्ने घोषणा गरेका छन्।