Logo

२१ बैशाख, काठमाडौँ । नेपालका धेरैजसो क्षेत्रमा मौसम बदली भएको छ। काठमाडौँ उपत्यकालगायत देशका विभिन्न भागमा अहिले छिटफुट वर्षा भइरहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, लुम्बिनी प्रदेशसहित देशका पहाडी भूभागमा वर्षा हुने सम्भावना रहेको छ।

मौसमविद् सञ्जीव अधिकारीका अनुसार गएराति गण्डकी, बागमती र लुम्बिनी प्रदेशका धेरैजसो ठाउँमा वर्षा भएको थियो। गोरखा, तनहुँ, लमजुङ र पाल्पाका केही स्थानमा ठूलो वर्षा भएको पनि उनले जानकारी दिए ।

आज देशका पहाडी क्षेत्रमा मात्र नभई तराईका केही भागहरूमा समेत हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना रहेको छ। यद्यपि भोलिदेखि मौसम प्रणाली केही कमजोर हुने भए पनि पर्सिसम्म सक्रिय रहने अनुमान गरिएको छ।

महाशाखाका अनुसार अहिलेको मौसममा पश्चिमी वायु, स्थानीय वायु र बङ्गालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको संयुक्त प्रभाव देखिएको छ। यही कारण देशका धेरै ठाउँमा आंशिकदेखि पूर्ण बदली र वर्षा भइरहेको हो।

दिउँसो काठमाडौँ उपत्यकासहित आसपासका क्षेत्रमा पनि वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। सर्वसाधारणलाई मौसम अनुकूल यात्रा योजना बनाउने र आवश्यक सतर्कता अपनाउन विज्ञहरूले सुझाव दिएका छन्।


सम्बन्धित समाचार