Logo

२२ बैशाख, काठमाडौँ । आज विश्व हात स्वच्छता दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । हात सफा राख्न मानिसहरूलाई सचेत गराउन हरेक वर्ष ‘मे’ ५ मा विश्व हात स्वच्छता दिवस मनाउने गरिएको छ ।

सन् २००९ मा शुरू भएको ‘क्लिन योर ह्यान्ड्स’ विश्वव्यापी अभियानलाई हरेक वर्ष ‘मे’ ५ लाई विश्व हात स्वच्छता दिवसका रूपमा मनाइन्छ ।

यो दिवसको उद्देश्य स्वास्थ्य सेवामा हात स्वच्छताको विश्वव्यापी प्रवर्द्धन, दृश्यता र दिगोपन कायम राख्नुका साथै विश्वभर हात सरसफाइ सुधारको समर्थनमा ‘मानिसहरूलाई एकसाथ ल्याउन’ भन्ने रहेको छ ।

विज्ञहरुका अनुसार कम्तीमा २० सेकेन्डसम्म पानी र साबुनले हात धुनुपर्छ । विशेषगरी शौचालय प्रयोग गरिसकेपछि, खाना खानु अघि, हाछ्युँ गर्दा वा खोक्दा वा हात फोहोर हुँदा हात धुन जरूरी हुन्छ ।

पानीसम्बन्धी रोगहरू र हातको सरसफाइको कमीका कारण हरेक वर्ष विश्वभर ४४ करोड ३० लाख विद्यार्थीको विद्यालय  छुट्ने गरेको वाटरएडको तथ्याङ्क छ ।

यस्तै युनिसेफका अनुसार हात सफा राख्दा झाडापाखालाबाट ज्यान गुमाउने बालबालिकाहरुको सङ्ख्या ४० प्रतिशतले घटाउन सकिन्छ र ग्यास्ट्रोइन्टेस्टाइनल समस्या भएका मानिसहरूको सङ्ख्यामा २९ देखि ५७ प्रतिशतसम्म कमी ल्याउन सकिन्छ । साथै कमजोर प्रतिरक्षा प्रणाली भएका व्यक्तिहरूको सङ्ख्या घटाउन मद्दत गर्छ ।


सम्बन्धित समाचार