Logo

२४ बैशाख, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शौचालयमा लडेर सामान्य घाइते भएका छन् ।

प्रचण्ड गत राति ललितपुरको खुमलटारस्थित आफ्नै निवासमा सुत्नुअघि शौचालयमा चिप्लिएर लडेका थिए। घटनापछि तत्कालै उनलाई उपचारका लागि मेडिसिटी अस्पताल लगिएको थियो ।

डाक्टरका अनुसार, उहाँको निधार र टाउकोमा सामान्य चोट लागेको छ, तर अवस्था चिन्ताजनक छैन । उपचारपछि उहाँ गएराति नै निवास फर्किसक्नुभएको छ ।

प्रवक्ता गोविन्द आचार्यका अनुसार, प्रचण्ड आज बिहानैदेखि भेटघाट लगायत नियमित राजनीतिक गतिविधिमा संलग्न रहनु भएको छ।

नेतृत्वको स्वास्थ्यप्रति चासो राख्ने सबैलाई आचार्यले धन्यवाद दिंदै प्रचण्डको अवस्था सामान्य रहेको आश्वासन दिएका छन् ।


सम्बन्धित समाचार