२९ वैशाख, नवलपरासी। नवलपरासीको चोरमारा क्षेत्रस्थित गिरिबारी पुल भासिएपछि पूर्वपश्चिम राजमार्गमा सवारी आवागमन पूर्णरूपमा अवरुद्ध भएको छ।
प्रहरीका अनुसार पुलको एक भाग भासिएपछि सुरक्षाको दृष्टिकोणले उक्त खण्डमा सवारी आवागमन तत्कालका लागि बन्द गरिएको हो। पुल भासिएसँगै राजमार्गमा लामो दूरीका साथै स्थानिय सवारी साधनहरु रोकिएका छन्, जसका कारण यात्रु तथा स्थानीय बासिन्दा प्रभावित भएका छन्।
पुल भासिएको कारण तत्काल खुल्न सक्ने अवस्था नरहेको प्रहरीको भनाइ छ। यता, सम्बन्धित निकायले आवश्यक मर्मत कार्य छिट्टै सुरु गर्ने तयारी गरेको बताइएको छ। मर्मत सम्पन्न नभएसम्म वैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीले आग्रह गरेको छ ।

















