३० वैशाख, बुटवल । लुम्बिनी प्रदेश सभा सदस्य गीता गुरुङले पदबाट राजीनामा दिएकी छन् ।
जनताले तिरेको करबाट प्राप्त पारिश्रमिक लिन उपयुक्त नहुने भन्दै उनले राजिनामा दिएकी हुन् । उनको राजीनामा सभामुखले स्वीकृत गरेकोे जनमत पार्टीका नेता चन्द्रकेश गुप्ताले जानकारी दिनएका छन् । राष्ट्र, देश जनताभन्दा माथि कोही नहुने भन्ने आफ्नो मान्यता रहेको सांसद गुरुङको भनाई छ ।
जनमत पार्टीका संसदीय दलका नेता चन्द्रकेश गुप्ताले भने गुरुङले पनि सभामुखलाई राजीनामा पत्र पठाएको जानकारी दिएका छन् ।

















