Logo

३० बैशाख, काठमाडौं । उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले देशको समग्र आर्थिक सुधारको विषयलाई सरकारले उच्च महत्व दिएको दावी गरेका छन् ।

आगामी आर्थिक वर्षको बजेटबारे विकास साझेदारसँग अर्थ मन्त्रालयमा आज भएको छलफलमा अर्थमन्त्री पौडेलले आर्थिक सुधारको प्रक्रिया थालिसकेको र त्यसलाई भविष्यमा अझ प्रभावकारी रूपमा अघि बढाउने बताएका हुन् । आगामी बजेटमा निजी क्षेत्रलाई प्रोत्साहन गर्ने, रोजगारीका अवसर सिर्जना गर्ने, उत्पादन तथा उत्पादकत्व वृद्धि गर्ने र राष्ट्रिय अर्थतन्त्रलाई सबल बनाउनेतर्फ केन्द्रित हुने अर्थमन्त्री विष्णुप्रसाद पौडेलको भनाई छ ।

छलफलमा भारत, चीन, अमेरिका, बेलायत, जापान, कोरिया, अस्ट्रेलिया, नर्वे, जर्मनी, फिनल्यान्ड, युरोपेली सङ्घ, विश्व बैंक, एशियाली विकास बैंक, संयुक्त राष्ट्रसङ्घ, अन्तर्राष्ट्रिय मुद्रा कोष, विश्व स्वास्थ्य सङ्गठनलगायत विकास साझेदार सहभागी थिए ।


सम्बन्धित समाचार