१ जेठ, काठमाडौं । लाईफ इन्स्योरेन्स कर्पाेरेसन (एलआइसी) नेपालले सेयरधनीलाई १० प्रतिशत बोनस सेयर दिनेगरी लाभांश घोषणा गरेको छ ।
इन्स्योरेन्सले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट सेयरधनीलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय गरेको हो ।
नेपाल बीमा प्राधिकरण र कम्पनीको साधारणसभाबाट स्वीकृत भएपछि सेयरधनीले १० दशमलव ५२ प्रतिशत लाभांश पाउनेछन् ।
हाल इन्स्योरेन्सको चुक्ता पूँजी ५ अर्ब रुपैंया रहेको छ ।

















