Logo

२ जेठ, रौतहट । योङ कम्युनिष्ट लिग (वाईसीएल) नेपाल, रौतहटको प्रथम जिल्ला सम्मेलन भव्य रूपमा सम्पन्न भएको छ । गरूडा नगरपालिका–५ स्थित अनुश पार्टी प्यालेसमा आयोजित सम्मेलनबाट ४१ सदस्यीय नयाँ जिल्ला कमिटी सर्वसम्मत रूपमा चयन गरिएको हो ।

नवगठित जिल्ला कमिटीको अध्यक्षमा भुवनेश्वर गुरो चयन भएका छन् । त्यसैगरी, उपाध्यक्ष पदमा आशिष तिमल्सिना, लाल बाबु मुखिया, र देवनारायण सहनी चयन भएका छन्।
सचिवमा गुफरान राजा (राजु), कोषाध्यक्षमा जितु ठाकुर, र सह–सचिवमा रीता चौधरी चयन भएका छन् ।

सम्मेलनमा पार्टीका केन्द्रिय नेतृत्वदेखि जिल्ला तहका नेताहरू तथा कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । कार्यक्रमको सफल व्यवस्थापनमा गरूडा नगरपालिका–५ का वडाध्यक्ष राम विनोद साह (मुखियाजी) ले विशेष सहयोग पुर्‍याएका थिए ।

नव–निर्वाचित जिल्ला कमिटीलाई हार्दिक बधाई दिँदै सम्मेलनमा सहभागी नेताहरूले संगठनको विस्तार, युवाको नेतृत्व विकास, र सामाजिक न्यायका पक्षमा वाईसीएलको भूमिकालाई अझ प्रभावकारी बनाउने अपेक्षा व्यक्त गरेका छन् ।


सम्बन्धित समाचार