Logo

४ जेठ, काठमाडौँ । देशका विभिन्न स्थानमा आज पनि वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम खालको वर्षा भइरहेको मौसमविद्हरूले बताएका छन् ।

महाशाखाका मौसमविद् डेभिड ढकालका अनुसार दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना छ। साथै, केही स्थानमा हावाहुरीको जोखिमसमेत रहेको उनले जानकारी दिए ।

ढकालका अनुसार मनसुनी प्रणाली अझै केही दिन सक्रिय रहने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ । वर्षासँगै सम्भावित बाढी, पहिरो तथा सडक अबरुद्ध जस्ता घटनाबाट सचेत रहन महाशाखाले सर्वसाधारणलाई सुझाव दिएको छ ।

सार्वजनिक जीवनमा असर पर्न सक्ने भन्दै महाशाखाले मौसम सम्बन्धी जानकारी नियमित रूपमा अपडेट लिन आग्रह गरेको छ ।


सम्बन्धित समाचार