Logo

८ जेठ, काठमाडौं । प्रहरीको बर्दी लगाएर सर्वसाधारणलाई आतंकित बनाउने नक्कली इन्स्पेक्टर पक्राउ परेका छन् ।

जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले नक्कली इन्स्पेक्टरलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा आफूलाई इन्स्पेक्टर बताउने भोजपुरको साल्पासिसलिछो गाउँपालिकाका २३ वर्षीय सुजन गिरी रहेका छन् । गिरीले फेसबुकमा इन्स्पेक्टरको बर्दी लगाएको तस्बिर राखेर मान्छेलाई झुक्याउँदै आतंकित पार्ने काम गरेको परिसर भक्तपुरका प्रवक्ता तथा डीएसपी ढुण्डिराज नेउपानेले बताउनुभयो ।

उनले जेठ ६ मा गते राती साढे ९ बजेतिर मध्यपुर ठिमी नगरपालिका–२ दिव्यश्वरी भुटु रेस्टुरेन्ट अगाडि आफू प्रहरीको इन्स्पेक्टर भएको बताउँदै बर्दी लगाएरको तस्बिर समेत देखाएर आतंकित पारेको आरोप छ ।
प्रहरी वृत्त भक्तपुर ठिमीको हिरासतमा राखेर उनीमाथि अनुसन्धान अघि बढाइएको छ ।


सम्बन्धित समाचार