Logo

१७ जेठ,जनकपुरधाम । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि आइतबार मधेश प्रदेशमा ’एक निर्वाचन क्षेत्र, एक कालोपत्रे सडक’ योजनाको डिजिटल शिलान्यास गर्ने भएका छन्। यसका लागि प्रधानमन्त्री ओली जनकपुरधाम आउने कार्यक्रम तय भएको छ।

भौतिक पूर्वाधार विकास मन्त्री सरोज यादवले आज पत्रकार सम्मेलनमार्फत यसबारे जानकारी दिएका हुन्। शिलान्यास कार्यक्रम जनकपुरधामस्थित महेन्द्र नारायण निधी संस्कृति भवनमा राखिएको छ, जहाँबाटै प्रधानमन्त्री ओलीले कालोपत्रे सडक निर्माणको डिजिटल शिलान्यास गर्नेछन्।

भौतिक पूर्वाधार विकास मन्त्रालयमार्फत सञ्चालनमा आउन लागेको यो बहुवर्षीय योजनाअन्तर्गत मधेश प्रदेशका हरेक प्रदेशसभा क्षेत्रमा ५ किलोमिटर कालोपत्रे सडक निर्माण गरिनेछ। मन्त्री यादवका अनुसार, यस वर्ष कुल ३२० किलोमिटर कालोपत्रे सडक निर्माण हुनेछ।

यो योजनाले ग्रामीण क्षेत्रलाई शहरी केन्द्रसँग जोड्ने र स्थानीय विकासमा योगदान पु¥याउने लक्ष्य राखेको छ। मन्त्री यादवले सडक निर्माणबाट कृषि उत्पादन बजारसम्म पु¥याउन सजिलो हुने, आपत्कालीन सेवा सहज हुने, रोजगारी सिर्जना हुने, व्यापार, पर्यटन तथा स्थानीय उद्योगधन्दा प्रवद्र्धनमा समेत मद्दत पुग्ने विश्वास व्यक्त गरे। उनले यो योजनाले जनतालाई प्रत्यक्ष लाभ पु¥याउने भएकाले यसलाई सन्देशमूलक बनाउन जरुरी रहेको औंल्याए।


सम्बन्धित समाचार