
१७ जेठ,काठमाडौं । राजावादीहरूले थालेको तेस्रो दिनको आन्दोलनका क्रममा ‘घुसपैठ’ गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ परेका व्यक्तिको परिचय भने खुलाइएको छैन।
नारायणहिटी क्षेत्रमा निषेधित क्षेत्र तोकिएपछि राजावादीहरूको आन्दोलन शान्तिबाटीकामा भेला भई प्रधानमन्त्री निवास बालुवाटारतर्फ अघि बढेको छ।
आफूहरूले प्रदर्शन गर्न लागेको ठाउँलाई निषेधित क्षेत्र तोकेपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सरकार राजावादीसँग डराएको निष्कर्ष निकालेको छ। आज बसेको राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठकको समीक्षा गर्दै अध्यक्ष राजेन्द्र लिङ्देनले निषेधित क्षेत्र तोक्नाले सरकार डराएको र कमजोर भएको पुष्टि भएको बताए।
अध्यक्ष लिङ्देनले राजसंस्था पक्षधर र गणतन्त्रका पक्षधरहरूको शक्ति मूल्याङ्कन आम जनताले गरिरहेको भन्दै एमालेको जेठ १५ गतेको प्रदर्शन पनि यसको प्रमाण भएको सुनाए।