Logo

१७ जेठ, काठमाडौं ।  राजतन्त्र पुनस्र्थापना र हिन्दू राज्यको माग राखेर काठमाडौंमा सुरु भएको आन्दोलनको आज तेस्रो दिन हो। पूर्व निर्धारित कार्यक्रम अनुसार, राजावादीहरूले आज दरबारमार्ग क्षेत्रमा प्रदर्शन गर्ने तयारी गरे पनि सरकारले सो क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेपछि प्रदर्शन शान्तिबाटीकाबाट सुरु गरिएको छ।

हाल प्रदर्शनकारीहरू बालुवाटारतर्फ अघि बढेका छन्।

यसैबीच, प्रदर्शनको क्रममा ‘घुसपैठ’ भएको भन्दै प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी अपील राज बोहराका अनुसार, नियन्त्रणमा लिइएका व्यक्तिलाई भद्रकाली परिसरमा ल्याइएको छ र प्रहरीले उनीबारे अनुसन्धान अघि बढाएको छ


सम्बन्धित समाचार