Logo

१९ जेठ, काठमाडौं । नेपालमा हिन्दुराष्ट्र र राजसंस्थाको पुनस्र्थापनाका लागि भारतबाट दबाब सिर्जना गर्ने प्रयास थालिएको छ। यसै क्रममा नेपाल हिन्दु राष्ट्र पुनस्र्थापना मञ्चले भारतका राष्ट्रपति द्रौपदी मुर्मू र प्रधानमन्त्री नरेन्द्र मोदीलाई ज्ञापनपत्र बुझाएको छ।

मञ्चले बुझाएको ज्ञापनपत्रमा नेपाललाई पुनः हिन्दु राष्ट्र घोषित गर्नका लागि नैतिक, कूटनीतिक र रणनीतिक समर्थनको माग गरिएको छ।

आइतबार दिल्लीको प्रेस क्लब अफ इन्डियामा आयोजित पत्रकार सम्मेलनमा नेपाल हिन्दु राष्ट्र पुनस्र्थापना मञ्चका अन्तर्राष्ट्रिय संस्थापक अध्यक्ष डाक्टर इन्जिनियर विष्णुप्रसाद बरालले नेपालमा राजसंस्थासहितको हिन्दु राष्ट्र फर्काउनका लागि आफूहरूले भारतबाट अन्तर्राष्ट्रिय दबाब सिर्जना गर्न सुरु गरेको बताए। सोही क्रममा भारतका राष्ट्रपति र प्रधानमन्त्रीलाई ज्ञापनपत्र हस्तान्तरण गरिएको उनको भनाइ थियो।

बरालले गणतन्त्र स्थापना भएको १७ वर्षमा नेपालमा राजसंस्था र हिन्दु राष्ट्र बिना विकास सम्भव नभएको पुष्टि भएको जिकिर गरे। पत्रकार सम्मेलनमा अधिकारकर्मी भोपाल सिंह चौधरी, मञ्चका सदस्यहरू युवराज बराल र पार्वती बम लगायतको उपस्थिति थियो।


सम्बन्धित समाचार