Logo

२५ जेठ काठमाडौं । भारतमा नेपाली महिलाको विभत्स हत्या भएको छ ।

एक युवकमाथि लिभिङ टुगेदरमा रहेकी गर्भवती प्रेमिका ३३ वर्षीय तारा बोहराको हत्या भएको हो । गर्भवती प्रेमिकाको हत्या गरेको आरोपमा हैदराबादमा एक नेपाली युवक पक्राउ परेका छन् । हत्यामा संलग्न रहेको आरोपमा ३० वर्षीय नेपाली नागरिक विजय टोप्पा उर्फ विल्सनलाई पक्राउ गरिएको हैदराबाद प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, हत्यापछि प्रेमिकाको शव लगेज ब्यागमा हालेर सुनसान स्थानमा फालेको अवस्थामा भेटिएको छ । बोहराको शव जुन ४ मा हैदराबादको बाचुपल्लीस्थित आवासीय क्षेत्रमा फालिएको लगेजभित्र फेला परेको थियो । विजय एक स्थानीय रेष्टुरेन्टमा कार्यरत सेफ हुन् ।

उनी तारासँग लिभिङ टुगेदरमा बस्दै आएका थिए । फेसबुकमार्फत चिनजान भएका उनीहरूको पछि प्रेम बसेको खुल्न आएको प्रहरीले जनाएको छ ।
तारा विवाहित थिइन् र उनका दुई सन्तान थिए । तर, उनले अप्रिल १५ मा हैदराबाद आएर विजयसँग भाडाको घरमा बस्न थालिन् । मे २३ मा तारा गर्भवती भएको विषयमा विवाद हुँदा विजयले नाइलन झोलाको डोरीले घाँटी थिचेर उनको हत्या गरेको प्रहरीको भनाइ छ ।

स्थानीय चौकीदारले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले पाँचवटा विशेष टोली बनाएर आरोपीको खोजी थालेको थियो । सीसीटीभी फुटेज र प्राविधिक प्रमाणको आधारमा विजयलाई मेडचल जिल्लाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका व्यक्तिले प्रारम्भिक बयानमा आफ्नो कसुर स्वीकार गरेको प्रहरीले दाबी गरेको छ । यद्धपी मृतक र आरोपी दुई जनाकै नेपालको ठेगना भने खुलेको छैन ।


सम्बन्धित समाचार