
२७ जेठ काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले कार्यकर्ताहरूसँग भेटघाट गर्न नेकपा एमालेसँग अनुमति लिइरहनु नपर्ने बताएकी छन् ।
आज बिहान विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग उनले यस्तो बताएकी हुन् । पूर्व राष्ट्रपति भण्डारीले एमालेमा आफूले संगठित सदस्यता नलिँदैदेखि काम गरेको पार्टी भएकाले त्यसका कुनै पनि कार्यक्रमहरूमा सहभागी हुन कसैसँग अनुमति लिनुपर्ने आवश्यकता नरहेको बताएकी हुन् ।
उनले संगठित सदस्यता लिनुभन्दा पहिले नै पार्टीमा काम गरेको, चिनजान ठूलै भएकोले पार्टीमा परिचित नेताले कार्यक्रममा बोलाउनु स्वभाविक भएकोले देशभित्र घुमफिर गर्न र कार्यक्रमहरुमा सहभागी हुन आफुले नेकपा एमालेका कमिटी र नेताहरूसँग अनुमति लिइरहनुनपर्ने बताएकी छन् ।