Logo

२७ जेठ, काठमाडौं । गृहमन्त्री रमेश लेखकले गैरआवासीय नेपाली नागरिकता (एनआरएनए) प्राप्त गर्ने व्यक्तिले राजनीतिक अधिकार प्राप्त नगर्ने स्पष्ट पारेका छन्। मंगलबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले एनआरएनए आफैँमा एउटा नागरिकता भए पनि यसबाट राजनीतिक अधिकार प्राप्त नहुने बताएका हुन्।

“अंगीकृत नागरिकताको लागि सीमा तोकिएजस्तै गैर आवासीय नेपाली नागरिकताको लागि पनि सिमा तोकेर गैर आवासीय नेपाली नागरिकता प्राप्त गर्ने व्यक्तिले आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार प्राप्त गर्नेछ भन्नुको मतलब राजनीतिक अधिकार प्राप्त गर्दैन भन्ने अर्थ मान्ने हो। तर एनआरएनए आफैमा एउटा नागरिकता हो,” गृहमन्त्री लेखकले भने।

उनले गैरआवासीय नेपाली नागरिकताको सम्बन्धमा नेपाल सरकारले छुट्टै विधेयक तयार गर्न लागेको जानकारी पनि दिए।

बैठकमा गृहमन्त्री लेखकले नेपालको नागरिकबाट जन्म भई नेपालमा नै बसोबास गरिरहेको र बाबुको पहिचान गर्न नसकिएको व्यक्तिलाई वंशजको आधारमा नेपालको नागरिकता प्रदान गरिने व्यवस्थाबारे पनि जानकारी गराए।

समितिको बैठकमा नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक सम्बन्धमा छलफल गरिएको थियो।


सम्बन्धित समाचार