
२७ जेठ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुक पुरानो व्यवस्थामा नफर्कने दावी गरेका छन् ।
म्याग्दीमा आयोजित एक कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले लामो राजनीतिक सङ्घर्ष र जनताको बलबाट स्थापित सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाबाट मुलुक पछाडि नफर्कने दावी गरेका हुन् । उनले हालको व्यवस्थाका कमीकमजोरी सुधार गर्दै अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।
राजनीतिक नेतृत्वले जनतामा निराशा नआउने ढङ्गले काम गनुपर्ने प्रचण्डको भनाई छ । साथै उनले जनताका समस्या बुझ्न आफू उनीहरूका घरदौलोमा पुग्ने गरेको पनि बताएका छन् ।