Logo

२८ जेठ, काठमाडौं । संसद खुलाउने प्रयासका लागि विपक्षी दलका नेताहरू आज पनि छलफलमा जुटेका छन् ।

लामो समयदेखि जारी संसदीय गतिरोध अन्त्य गर्ने प्रयास स्वरूप राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सत्तापक्ष दल नेपाली कांग्रेससमक्ष प्रस्तुत गरेको ५ बुँदे प्रस्तावमा साझा धारणा बनाउन विपक्षी दलहरूको बैठक बसिरहेको हो । अहिले नयाँ बानेश्वर स्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा छलफल जारी छ ।

बैठकमा सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुन, हितराज पाण्डे, रास्वपाका प्रमुख सचेतक सन्तोष परियार, नेकपा (एकीकृत समाजवादी)का नेता राजेन्द्र पाण्डे र र आम जनता पार्टीका अध्यक्ष प्रभु साहलगायतका नेताहरू सहभागी छन् ।

बैठकमा रास्वपाले अघि सारेका प्रस्तावहरूमाथि केन्द्रित रहेर साझा धारणा निर्माण गर्ने प्रयास भइरहेको माओवादी केन्द्रका नेता वर्षमान पुनले जानकारी दिएका छन् ।


सम्बन्धित समाचार