Logo

२८ जेठे,झापा । झापाको कचनकवल गाउँपालिका–७ मा हात्तीलाई अन्नबालीबाट जोगाउन लगाइएको विद्युतीय तारमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काका अनुसार, आफ्नै बारीमा लगाइएको विद्युतीय तारको करेन्टबाट ५७ वर्षीय किर्खनाथ खनालको मृत्यु भएको हो। खनालले हात्तीबाट अन्नबाली जोगाउनका लागि आफैँले बारीको वरिपरि विद्युतीय तारबारले घेरेका थिए।

आज बिहान बाख्रा चराउन जाँदा खनाललाई सोही तारमा करेन्ट लागी घटनास्थलमै मृत्यु भएको प्रवक्ता खड्काले जानकारी दिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


सम्बन्धित समाचार