Logo

२ असार, काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको खुद्रा मूल्य समायोजन गरेको छ। निगमले आइतबार रातिदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ र डिजेल तथा मट्टीतेलमा प्रतिलिटर २ रुपैयाँले मूल्य वृद्धि गरेको हो।

नयाँ मूल्य अनुसार चारआली, विराटनगर, वीरगञ्ज, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज र धनगढी क्षेत्रमा अब पेट्रोलको भाउ प्रतिलिटर १५७ रुपैयाँ ५० पैसा तथा डिजेल–मट्टीतेलको भाउ १४२ रुपैयाँ ५० पैसा पुगेको छ।

त्यस्तै, सुर्खेत र दाङ क्षेत्रमा पेट्रोल प्रतिलिटर १५९ रुपैयाँ र डिजेल–मट्टीतेल १४४ रुपैयाँ कायम गरिएको छ।

काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा भने पेट्रोलको नयाँ मूल्य प्रतिलिटर १६० रुपैयाँ र डिजेल–मट्टीतेलको मूल्य १४५ रुपैयाँ निर्धारण गरिएको छ।

निगमले अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यमा आएको उतारचढावलाई ध्यानमा राख्दै मुल्य समायोजन गरिएको जनाएको छ। नयाँ मूल्य गएराति १२ बजेदेखि लागू भएको छ।


सम्बन्धित समाचार