७ असार, बारा । बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका–५ मा अवस्थित अशोक स्टिल उद्योगमा कार्यरत एक मजदुर काम गर्ने क्रममा ग्यास पाइप फुस्किएर जलेर घाइते भएका छन् ।
स्थानीय २० वर्षीय अनिल पासवान शुक्रबार नियमित कामका क्रममा ग्यास पाइप फुत्किएर जलेका हुन् । अनुहारसहित शरीरको करिब १० प्रतिशत भाग जलेको र तत्कालै उपचारका लागि एलएस न्युरो अस्पतालमा भर्ना गरिएको बताइएको छ ।
इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक (डीएसपी) वेद जोशीका अनुसार पासवानको अवस्था सामान्य रहेको छ । परिवारले दिएको जानकारीअनुसार शरीरको केही भागमा मात्र जलन रहेको र चिकित्सकीय उपचार जारी छ ।
घटनापछि वडा नम्बर ५ का अध्यक्ष दिपेन्द्र चौधरी अस्पताल पुगेर घाइतेको अवस्था बुझेका थिए । उनले घाइतेको अवस्था गम्भीर नरहेको र आवश्यक सहयोगको लागि स्थानीय तहबाट पहल भइरहेको जानकारी दिए ।

















