Logo

१२ असार, काठमाडौं । सर्लाहीको बागमती नगरपालिकाका निलम्बित मेयर भरतबहादुर थापाविरुद्धको भ्रष्टाचार मुद्दा ‘हेर्दाहेर्दै’ मा राखिएको छ।

विशेष अदालतमा बिहीबारबाट नियमित सुनुवाइ सुरु भएको उक्त मुद्दामा सुनुवाइ नसकिएपछि शुक्रबारका लागि तोकिएको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८० चैत २७ गते थापाविरुद्ध ५ करोड ३३ लाख रुपैयाँ गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा मुद्दा दायर गरेको थियो। यसअघि जेठ १९ गते साक्षी बुझ्ने आदेश भएको थियो।

मेयर थापाविरुद्ध विशेष अदालतमा कूल तीनवटा भ्रष्टाचार मुद्दा दायर भएका छन्। जसमध्ये, ताल नै नभएको ठाउँमा माछापोखरी निर्माणका लागि सङ्घ र प्रदेश सरकारसँग अनुदान मागी ५६ करोड ७१ लाख रुपैयाँ भ्रष्टाचार गरेको अभियोगको मुद्दामा गत असार ५ गते विशेष अदालतले उनलाई ३ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको थियो।


सम्बन्धित समाचार