Logo

१३ असार, काठमाडौँ। माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजा प्रकाशनसम्बन्धी महत्त्वपूर्ण निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डको बैठक सुरु भएको छ।

बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले यसअघि नै नतिजा आजै वा बढीमा भोलिसम्म प्रकाशित गरिने जानकारी दिएका थिए। बैठकले नतिजा प्रकाशनको प्राविधिक तयारीको समीक्षा गरी अन्तिम निर्णय गर्नेछ। यदि कुनै प्राविधिक समस्या नआएमा आजै नतिजा प्रकाशित गर्ने बोर्डको तयारी छ, अन्यथा भोलिका लागि सारिनेछ।

२०८१ चैत ७ गतेदेखि सञ्चालन भएको एसईई परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ गरी कुल ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए। लाखौँ विद्यार्थी र अभिभावकहरू नतिजाको व्यग्र प्रतीक्षामा छन्।


सम्बन्धित समाचार