Logo

१३ असार,काठमाडौं । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले ’विद्यालय शिक्षासम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८०’ भोलि (असार १४) सम्ममा पारित गर्ने तयारी गरेको छ। आज बसेको समिति बैठकमा निजी लगानीमा सञ्चालित विद्यालय र बालविकास शिक्षा (भ्ऋम्) सम्बन्धी लामो समयदेखिको विवादमा सहमति जुटेको छ।

समितिले निजी लगानीका विद्यालय खोल्न पाउने तर ती विद्यालय सेवामूलक, लोककल्याणकारी र क्रमशः गैरनाफामूलक रूपमा सञ्चालन हुने गरी विधेयकमा व्यवस्था गर्ने सहमति गरेको छ। समितिका सभापति अमरबहादुर थापाले राखेको निजी लगानीका विद्यालयहरूलाई शैक्षिक गुठी अन्तर्गत सञ्चालन गर्न प्रोत्साहन स्वरूप छुट दिने प्रस्ताव पनि पारित भएको छ।

यसैगरी, सार्वजनिक विद्यालयमा बालविकास शिक्षा २ वर्षे बनाउनेमा पनि सहमति जुटेको छ।

समितिकी सदस्य ईश्वरी घर्तीका अनुसार आजको बैठकमा शिक्षा विधेयक पारित हुन नसके पनि भोलि शनिबार दिउँसो १ बजे पुनः बैठक बोलाइएको छ। बाँकी रहेका विषयमाथि छलफल गरी सहमति भएमा भोलि नै समितिबाट विधेयक पारित हुनेछ।

सरकार र नेपाल शिक्षक महासंघबीच वैशाख १७ गते असार १५ गतेभित्र शिक्षा विधेयक जारी गर्नुपर्ने सहित ९ बुँदे सहमति भएपछि शिक्षकहरूले २९ दिनसम्म चलेको आन्दोलन अन्त्य गरेका थिए। यसैले पनि सरकार र समितिलाई असार १५ भित्र विधेयक जारी गर्ने दबाब छ।


सम्बन्धित समाचार