Logo

१३ असार, काठमाडौँ।  माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजा सार्वजनिक गर्न राष्ट्रिय परीक्षा बोर्डको बैठक भक्तपुरस्थित बोर्डको कार्यालयमा जारी छ। केही बेरअघिदेखि सुरु भएको यो बैठक सकिएपछि आज (शुक्रबार) नै नतिजा सार्वजनिक हुने बताइएको छ।

यसअघि, परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले शुक्रबार साँझ ५ः३० बजे एसईईको नतिजा सार्वजनिक गर्ने जानकारी दिएका थिए। तर, बोर्ड बैठक बस्न ढिलाइ भएकाले नतिजा प्रकाशनमा पनि केही ढिलाइ हुने भएको हो।

२०८१ चैत ७ गतेदेखि सञ्चालन भएको एसईई परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ गरी कुल ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए।


सम्बन्धित समाचार