
१३ असार, काठमाडौँ। माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजा अब केही समयमै सार्वजनिक हुँदैछ। राष्ट्रिय परीक्षा बोर्डले नतिजालाई एसएमएस (SMS), आईभीआर (IVR) र वेबसाइट (WEBSITE) मार्फत हेर्न सकिने व्यवस्था गरेको छ।
बोर्डले जानकारी दिएअनुसार, नतिजा सार्वजनिक भएलगत्तै वेबसाइटहरूमा सम्पूर्ण विवरणसहितको ग्रेडसिट अपलोड हुन केही समय लाग्नेछ। यद्यपि, अन्य सूचनामा प्रकाशित वेबसाइटहरूबाट भने प्राप्त जिपीए (GPA) तत्काल हेर्न सकिनेछ।
नतिजा हेर्दा धैर्य अपनाउन र आधिकारिक स्रोतहरूमा मात्र भर पर्न बोर्डले अनुरोध गरेको छ।