Logo

१३ असार, काठमाडौँ।  राष्ट्रिय परीक्षा बोर्डले आज सार्वजनिक गरेको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजा अनुसार १ लाख ६७ हजार ५९७ परीक्षार्थी अनुत्तीर्ण भएका छन्।

बोर्डले सार्वजनिक गरेको तथ्यांक अनुसार, कुल ४ लाख ३८ हजार ८९६ जनाको नतिजा प्रकाशित भएकोमा २ लाख ७१ हजार २९९ जना विद्यार्थी मात्र उत्तीर्ण भएका छन्। यस वर्षको उत्तीर्ण दर ६१.८१ प्रतिशत रहेको बोर्डले जनाएको छ।

गत वर्षको तुलनामा यस वर्ष उत्तीर्ण हुने विद्यार्थीको संख्यामा सामान्य सुधार देखिए पनि ठूलो संख्यामा विद्यार्थीहरू अनुत्तीर्ण हुनुले शैक्षिक गुणस्तर र परीक्षा प्रणालीमा अझै सुधारको आवश्यकता औंल्याएको छ। अनुत्तीर्ण भएका विद्यार्थीहरूले अब ग्रेड वृद्धि परीक्षामा सहभागी हुन पाउनेछन्।


सम्बन्धित समाचार