Logo

१३ असार, काठमाडौं। लामो समयदेखि अड्किएको संघीय निजामती विधेयक भोलि (असार १५ गते) प्रतिनिधिसभाबाट पारित हुने भएको छ। भोलि दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा यो विधेयक पारित गर्ने कार्यसूची तय भएको छ।

यसअघि विधेयक पारित गर्ने तयारी भए पनि सत्तारुढ दलहरूबीच ’कुलिङ पिरियड’ को विषयमा सहमति हुन नसक्दा रोकिएको थियो। राज्यव्यवस्था तथा सुशासन समितिले २ वर्षे कुलिङ पिरियड राखेर सर्वसम्मत रूपमा विधेयक पारित गरेको थियो।

यद्यपि, निजामती विधेयक पारित गर्ने कार्यसूचीमा रहे पनि शिक्षा विधेयक भने अटाएको छैन। सरकारले शिक्षकहरूसँग असार १५ गतेभित्र शिक्षा विधेयक पारित गर्ने सहमति गरेको थियो। तर, निजामती विधेयकको प्राथमिकता र कार्यसूचीका कारण शिक्षकहरूसँगको सहमतिअनुसार शिक्षा विधेयक भोलि पारित नहुने निश्चित भएको छ।


सम्बन्धित समाचार