
१५ असार, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल अस्वस्थ भएपछि वीर अस्पताल भर्ना भएका छन्।
केही दिनअघि मात्रै थाइल्याण्डबाट फर्किएका मन्त्री पौडेललाई रुघाखोकी लगायतको समस्या देखिएको उनको सचिवालयले जनाएको छ। आइतबार उनलाई थप उपचारका लागि वीर अस्पतालमा भर्ना गरिएको हो। मन्त्री पौडेलको स्वास्थ्य अवस्थाबारे थप विवरण आउन बाँकी छ।