Logo

१६ असार, काठमाडौं । श्रीमतीको हत्या गरेको झन्डै तीन वर्षपछि एक व्यक्तिलाई रौतहट प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा रौतहटको इशनाथ नगरपालिका–४ घिउरा टोलका फैयाद मिया मन्सुरी रहेका छन्।

मन्सुरीमाथि २०७८ माघ २६ गते आफ्नी २० वर्षीया श्रीमती चाँदनी खातुनको हत्या गरेको आरोप छ। चाँदनीको शव गहुँ खेतमा भेटिएको थियो, जहाँ उनको घाँटीमा सल बेरेर मुखमा समेत सल कोचेको अवस्थामा रहेको प्रहरीले जनाएको छ। घटनालगत्तै फरार रहेका मन्सुरीलाई जिल्ला प्रहरी कार्यालय रौतहटले हालै पक्राउ गरेको हो।

पक्राउ परेका मन्सुरीविरुद्ध रौतहट जिल्ला अदालतबाट कर्तव्य ज्यानको कसुरमा म्याद थप गरी थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।


सम्बन्धित समाचार