Logo

१६ असार,काठमाडौं । रुपन्देही क्षेत्र नम्बर–३ मा आगामी कात्तिक १७ गते उपनिर्वाचन हुने भएको छ। निर्वाचन आयोगले यो उपनिर्वाचनको मिति घोषणा गरेको हो।

निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आयोगले उपनिर्वाचनका लागि सबै तयारी सम्पन्न गरिसकेको जानकारी दिए।

२०७९ मङ्सिर ४ गते भएको प्रतिनिधिसभा निर्वाचनमा यस क्षेत्रबाट ८८राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)८८का दीपक बोहरा निर्वाचित भएका थिए। उनको गत चैत १९ गते काठमाडौँको ओम अस्पतालमा उपचारका क्रममा निधन भएपछि यो पद रिक्त भएको थियो। अब सोही रिक्त पदपूर्तिका लागि उपनिर्वाचन हुन लागेको हो।


सम्बन्धित समाचार