
१६ असार, वीरगञ्ज । वीरगञ्ज–पथलैया सडकखण्डमा ट्यांकरले मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकल चालकको मृत्यु भएको छ ।
वीरगन्जबाट पथलैया जादै गरेको ना ६ ख २९९२ नम्बरको टंयाकरले ०२–०३–२४ प ३९६९ नम्बरको मोटरसाईकललाई बाराको जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ७ दुर्गामन्दिर नजिकै ठक्कर दिँदा वीरगन्ज महानगरपालिका वडा नम्बर ३२ का अन्दाजी २० बर्षका मोहम्मद साहिल अन्सारीको मृत्यु भएको ट्राफिक प्रहरी कार्यालय पथलैयाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक वकिल सिंहले जानकारी दिए ।
उनका अनुसार राजमार्गमा बाटो काट्ने क्रममा ट्यांकरले मोटरसाईकललाई ठक्कर दिएर गम्भीर घाईते भएका अन्सारीलाई तत्काल उद्दार गरी उपचारका लागि नारायणी अस्पतालमा ल्याईएको थियो ।
घाईते अन्सारीलाई अस्पतालमा पु¥याएपछि चेकजाँच गर्दा चिकित्सकले मृत्यु भईसकेको बताएको प्रहरीको भनाई छ । मोटरसाईकललाई ठक्कर दिने ट्यांकर चालक फरार रहेको र उनको खोजी भईरहेको प्रहरी नायव उपरीक्षक सिंहले बताए ।