
१७ असार, वीरगञ्ज । उपकार सेवा नेपालले जिराभवानी गाउँपालिका–१ स्थित बाबा बटेश्वरनाथ मन्दिरमा भक्तजनको स्वास्थ्यलाई ध्यानमा राख्दै पाँच थान सिलिङ पंखा प्रदान गरेको छ।
भक्तजन तथा दर्शनार्थीहरूको स्वास्थ्य र सहजताको लागि गरिएको यो सहयोग मन्दिर परिसरमै आयोजित एक कार्यक्रमका बीच सम्पन्न भयो । कार्यक्रममा संस्थाकी अध्यक्ष विद्या कुमारी सरावगीले मन्दिर संरक्षण समितिका सदस्य अनिरुद्ध प्रसाद महतो र पुजारी किशुन दासलाई पंखा हस्तान्तरण गरिन् ।
सो अवसरमा सामाजिक अभियन्ता प्रकाश थारू, संस्थाका अभिभावक पद्मा देवी सरावगी, सदस्य सुमन बगेडिया तथा स्थानीय भद्रभलादमीहरूको उपस्थिति रहेको थियो।
उक्त सहयोगले मन्दिरमा आउने श्रद्धालुहरूलाई गर्मीमा सहज वातावरण निर्माण गर्न सहयोग पुर्याउने विश्वास व्यक्त गरिएको छ ।