Logo

२२ असार, काठमाडौं । आइतबार संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति बैठकमा चर्काचर्की र विवाद भएको छ।

शिक्षामन्त्री रघुजी पन्त र नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले उपसमितिको प्रतिवेदनमा थप समय माग गरेपछि समिति सदस्यहरू आक्रोशित बनेका हुन्। माओवादी सांसद रेखा शर्माले समितिमा कुनै पनि दलको ह्विप (अनुसार चल्ने) नमान्ने स्पष्ट पारेकी छिन्। उनले अहिलेसम्म समिति सहज रूपमा अघि बढे पनि आज दलको ह्विप लगाउने प्रयास भइरहेकोमा आपत्ति जनाइन्।

शर्माले भनिन्, ‘उपसमितिले यसअघिको बैठकमा उपसमितिको प्रतिवेदन लक गरिएको भनेको थियो। आज आएर फेरि थप समय माग गरिएको छ। हामीलाई कुनै दलको ह्विप लगाउने काम नहोस्। हामी कसैको ह्विप मान्न तयार छैनौं’।

शर्माको भनाइलगत्तै समिति सदस्य तथा कांग्रेस प्रमुख सचेतक घिमिरे आक्रोशित भए। समिति सभापति अम्मरबहादुर थापाले घिमिरेलाई बस्न अनुरोध गरे पनि उनी बैठकबाट उठेर हिँडेका थिए। यस घटनाले संसदीय समितिभित्र दलगत हस्तक्षेप र निर्णय प्रक्रियामाथि दबाब बढेको संकेत गरेको छ।


सम्बन्धित समाचार