२८ असार, चितवन । गत वर्ष असार २८ गते राति नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालमा पहिरोसँगै त्रिशूली नदीमा खसेका दुई वटा बसमा सवार ३९ जना यात्रु एक वर्ष पुग्दासमेत अझै बेपत्ता छन्। दुर्घटनामा परेका दुवै बस पनि अहिलेसम्म फेला परेका छैनन्।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीका अनुसार, दुर्घटनाग्रस्त बा प्र ०३–००६ ख १५१६ नम्बरको एञ्जल्स डिलक्स बसमा सवार २६ जना यात्रुमध्ये १० जना मृत फेला परेका थिए भने १६ जना अझै बेपत्ता छन्। सो बसमा रहेका ७ जना भारतीय यात्रुमध्ये २ जनाको शव भेटिएको थियो भने ५ जना अझै बेपत्ता छन्।
त्यस्तै, बा प्र ०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स बसमा सवार ३६ जनामध्ये ३ जना जीवित, १० जनाको शव भेटिएको र २३ जना अझै बेपत्ता रहेको पुरीले जानकारी दिए। यस बसमा सवार ४ जना भारतीय यात्रुमध्ये ३ जना मृत फेला परेका थिए भने १ जना अझै बेपत्ता छन्।
वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको एञ्जल डिलक्स र काठमाडौँबाट रौतहटको गौरका लागि छुटेको बागमती गणपति डिलक्स बसलाई पहिरोले धकेलेर त्रिशूलीमा खसालेको थियो। घटनापछि नेपाली गोताखोरले नसकेपछि विदेशबाट समेत गोताखोर मगाएर खोजी कार्य गरिए पनि बेपत्ता यात्रु र बस फेला पार्न सकिएन।
त्रिशूलीमा बाढी आएपछि लामो समयसम्म खोजी कार्य गरिएको थियो। त्यतिबेला फेला परेका २० जना मृतकका शवमध्ये कतिपय त्रिशूली र नारायणी नदी किनारका विभिन्न क्षेत्रबाट भेटिएका थिए भने दुई वटा शव भारतमा फेला परेका थिए।
घटनाको विस्तृत अध्ययनका लागि गृह मन्त्रालयले सहसचिव छवि रिजालको संयोजकत्वमा तत्काल कार्यदल गठन गरेको थियो। कार्यदलले प्रतिवेदन पेश गर्दै विपद् व्यवस्थापन र सवारी दुर्घटना न्यूनीकरणको प्रभावकारी व्यवस्थापनका लागि सरोकारवाला निकाय जिम्मेवारीका साथ पहल गर्नुपर्ने सुझाव दिएको थियो।
प्रतिवेदनमा सिमलताल दुर्घटनाको मुख्य कारण भेलबाढी रहेको र स्थानीय पालिकाले सडक निर्माण गर्दा भिरालो तथा पहाडी क्षेत्रमा उचित इन्जिनियरिङ्ग–डिजाइन बिना नै ग्रामीण सडक खनेको निष्कर्ष निकालिएको छ। सडकमा कुनै टेवा पर्खाल निर्माण नगर्दा वर्षातको समयमा पहिरो गइ सडकमा क्रस गर्दै गएका दुईवटा बसलाई पहिरोले धकेलेर त्रिशूली नदीमा खसालेको प्रतिवेदनमा उल्लेख छ।
कार्यदलको प्रतिवेदन बुझ्दै तत्कालीन गृहमन्त्री रमेश लेखकले सडक दुर्घटनाका कारण लामो समयदेखि जनधनको क्षति भइरहेकोमा चिन्ता व्यक्त गर्दै प्रतिवेदन अक्षरशः कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। प्रतिवेदनमा दुर्घटनामा ज्यान गुमाएकाका परिवारलाई उचित क्षतिपूर्ति र बिमा वापतको रकम दिन ढिलाइ नगर्न तथा बेपत्ता भएका ३९ जनाको खोजी यथाशक्य गर्न सुझाव दिइएको थियो।
यो पनि पढ्नुहोस् :
अपटेड : त्रिशुली नदीमा खसेको एन्जल बसमा सवार यात्रुहरुको पहिचान खुल्यो
नारायणगढ मुग्लिन सडक : पहिरोमा परेर दुईवटा यात्रुवाहक बस बगे, १७ किलोमा चालकको मृत्यु
सखुवा प्रसौनीका एकै परिवारका तीनजना सहित पाँच जना बेपत्ता
होटल व्यावसायी महासंघले बेपत्ताका आफन्तहरुलाई यातायात र आवासको व्यावस्था गर्ने
पहिरोले त्रिशुलीमा खसेको बसमा सवार यात्रुको अवस्था अझै अज्ञात, खोजी र उद्दारमा कठिनाई
जापान जाने सपना बोकेर हिडेकी मिष्टिको जीवन त्रिशुलीमा मिसियो
त्रिशूलीमा खसेका बस चुम्बकले खोज्दा पनि भेटिएनन्
त्रिशूलीमा खसेको बस र यात्रुको अवस्था अझै अज्ञात, प्रहरी आज बिहानबाट नै खोजीकार्यमा
त्रिशूलीमा बेपत्ता दुई बसको खोजी जारी, वाटर ड्रोनदेखि सोनार क्यामेरासम्मको प्रयोग
दुई बस त्रिशूलीमा खसेको स्थानबाट ५० किलोमिटर टाढा नारायणी नदीमा भेटियो एउटा शव
नारायणीमा भेटिएको शव सिमलतालबाट हराएको गणपति डिलक्स बसका यात्रु भएको पुष्टि
गैँडाकोटमा भेटिए दुई शव, सीमलतालमा हराएकै बसका यात्रु भएको आशंका
सिमलताल पहिरो स् दुईमध्ये एक शवको पहिचान, गणपति बस यात्री रहेको पुष्टी
सिमलताल पहिरो : दुवै शवको पहिचान खुल्यो
सिमलताल दुर्घटना अपडेट : थप दुईजनाको शव भेटियो
सिमलताल दुर्घटना : दुई वटा बसमा गरी ६५ जना यात्रु रहेको प्रशासनद्वारा जानकारी
सिमलताल दुर्घटना अपडेट : नारायणीमा भेटियो अर्को शव, पहिचान खुल्न बाँकी
सिमलताल पहिरो : ११ जनाको शव भेट्यो
सिमलताल पहिरो : १३ जनाको शव फेला, पाँचको पहिचान हुन बाँकी (विवरणसहित)
सिमलताल पहिरो : त्रिशूलीमा हराईरहेका दुई बसमा सवार यात्रुहरुको नामसहितको विवरण सार्वजनिक
सिमलताल दुर्घटना : थप एक शव फेला, ४७ यात्रुको अवस्था अझै अज्ञात
सिमलताल पहिरो : जवाहीरको परिवारमा परेको पीडा
सिमलताल पहिरो : त्रिशूलीमा खसेको बसका थप एक यात्रुको शव फेला
सिमलताल पहिरो : त्रिशूलीमा हराएका २४ जनाको शव भेटियो, दुई जनाको शव भारतमा फेला
सिमलताल पहिरो : २५ जनाको शव फेला, खोजीमा भारतीय टोली परिचालन
गत असार २८ गते त्रिशूलीमा हराएका २ बस र ३७ यात्रु अझै बेपत्ता

















