Logo

६ साउन, चितवन ।  चितवनको खैरहनीमा बोलेरो सवारीको ठक्करबाट एक पैदलयात्रीको ज्यान गएको छ। सवारी दुर्घटनामा परेर पर्सा जिल्ला वीरगञ्ज महानगरपालिका–११ का ३१ वर्षीय राम अवतारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

प्रहरी नायब उपरीक्षक (डीएसपी) रवीन्द्र खनालका अनुसार दुर्घटना गएराति खैरहनी नगरपालिका–१ स्थित शाहीचोकमा भएको हो। पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ३ च ६६१० नम्बरको बोलेरोले पैदल हिँडिरहेका अवतारलाई ठक्कर दिएको थियो।

गम्भीर घाइते अवस्थामा रहेका उनलाई तत्कालै पुरानो मेडिकल कलेजमा उपचारका लागि लगिएको थियो। तर उपचारको क्रममा राति नै मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ।

दुर्घटनामा संलग्न बोलेरो र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको जनाइएको छ।


सम्बन्धित समाचार