Logo

२३ साउन, काठमाडौं । भारतको उत्तराखण्ड प्रदेशको उत्तरकाशी जिल्लामा आएको बाढीपहिरोमा हालसम्म कुनै पनि नेपाली नागरिकको मृत्यु नभएको भारतस्थित नेपाली दूतावासले जानकारी दिएको छ।

प्रहरीले दूतावासलाई उपलब्ध गराएको विवरणअनुसार, साउन २० गतेको पहिरोमा परेका ३७२ जनाको सकुशल उद्धार गरिएको छ भने २ जनाको शव बरामद भएको छ, जसमध्ये कोही पनि नेपाली नागरिक छैनन् । यसैबीच, उत्तराखण्डको पौडी गढवाल जिल्लाको बागोडामा साउन २१ गते आएको बाढीपहिरोमा पाँच जना नेपाली हराइरहेको विवरण प्राप्त भएको छ। यस घटनामा घाइते भएका चारजना नेपालीमध्ये तीनजना घर फर्किसकेका छन् भने एकजनाको स्थानीय अस्पतालमा उपचार भइरहेको दूतावासले जनाएको छ।

बाढीपहिरो प्रभावित क्षेत्रमा रहेका नेपालीहरूको अवस्था बुझ्न, हराएकाहरूको खोजी तथा उद्धार गर्न र घाइतेको उपचारका लागि नेपाली दूतावासले उत्तराखण्ड सरकार तथा भारतको विदेश मन्त्रालयसँग निरन्तर समन्वय गरिरहेको छ। आजै परराष्ट्रमन्त्री डा। आरजु राणा देउवाले दूतावासलाई यस कार्यमा सक्रियताका साथ लाग्न निर्देशन दिएकी थिइन् ।


सम्बन्धित समाचार