२४ साउन,सुदूरपश्चिम। कैलाली कारागारमा हालै भएको झडप र तनावपूर्ण स्थितिलाई मध्यनजर गर्दै कारागारका जेलर बसन्त खत्रीको ठाउँमा जालन्धर भुसाललाई पठाइएको छ। भुसालले शुक्रबार दिउँसो ३ बजेदेखि आफ्नो कार्यभार सम्हालेका छन्।
यसअघि शुक्रबार राति कारागारभित्र कैदीहरूबीच भएको झडपमा धनगढी-४ का भरत चौधरीको मृत्यु भएको थियो भने ४७ जना घाइते भएका थिए। घाइतेहरूको उपचार भइरहेको छ र एक जना गम्भीर घाइतेलाई थप उपचारका लागि काठमाडौं पठाइएको छ।
शनिबार दिउँसो पनि कारागारको अवस्था तनावपूर्ण बनेको थियो। कैदीहरूले केही समयका लागि कारागार नियन्त्रणमा लिएका थिए, जसलाई सामान्य अवस्थामा फर्काउन प्रहरीलाई निकै कठिनाइ भएको थियो।
यसैबीच, घटनाको सत्यतथ्य पत्ता लगाउन सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको छ। समितिलाई १० दिनभित्र घटनाको कारण र त्यसपछि प्रतिवेदन बुझाउने कार्यादेश दिइएको छ।
गृहमन्त्री रशेम लेखकले पनि घटनाबारे सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गरेका छन्।

















