१७ भदौ,सेढवा । सशस्त्र प्रहरीले पर्साको जिराभवानी गाउँपालिकाबाट ठूलो परिमाणको भारतीय कुखुरा बरामद गरेको छ। सशस्त्र प्रहरी बल, बोर्डर आउट पोस्ट महादेवपट्टीबाट सशस्त्र प्रहरी निरीक्षक नरेश शुवालको नेतृत्वमा खटिएको गस्ती टोलीले आज दिउँसो २ बजेको समयमा अवैध रूपमा भारतबाट नेपाल भित्र्याइँदै गरेको ९७ किलो कुखुरा बरामद गरेको हो।
जिराभवानी गाउँपालिका–१, ओरिया हुँदै भित्र्याइएको उक्त कुखुरालाई नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जनाएको छ।
बरामद गरिएको कुखुरालाई जिराभवानी गाउँपालिका–१ का वडा अध्यक्ष रामशरण ख्वास थारू, स्थानीय भद्रभलादमी, पशु क्वारेन्टाइन र सञ्चारकर्मीहरूको रोहबरमा नष्ट गरिएको सशस्त्र प्रहरी बल १३ नम्बर गण हेडक्वार्टर पर्साले जानकारी दिएको छ।


















