Logo

२८ भदौ,काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको विषम र भयपूर्ण अवस्थाबाट कठिन प्रयासपछि शान्तिपूर्ण समाधान निस्किएको बताएका छन्। शनिबार एक विज्ञप्ति जारी गर्दै उनले यस घटनाले संविधान, संसदीय प्रणाली र संघीय लोकतान्त्रिक गणतन्त्र को रक्षा भएकोमा जोड दिएका छन्।

राष्ट्रपति पौडेलका अनुसार, यो सफलताले अबको ६ महिनाभित्र प्रतिनिधिसभाको चुनाव गराएर देशलाई थप उन्नत लोकतन्त्र को बाटोमा लैजाने अवसर प्राप्त भएको छ। ‘देश अत्यन्तै असहज र भयपूर्ण अवस्थामा रहँदा गरिएको कठिन प्रयासपछि एउटा शान्तिपूर्ण निकास निस्केको छ,’ विज्ञप्तिमा उल्लेख छ, ‘यसले संविधान र संसदीय प्रणालीको संरक्षण भएको छ र संघीय लोकतान्त्रिक गणतन्त्र पनि कायम रहेको छ।’

उनले आगामी फागुन २१ गते हुने चुनावलाई सफल बनाउन सबै पक्षलाई सहयोग गर्न हार्दिक अपिल गरेका छन्। पौडेलले भनेका छन्, ‘ठूलो जुक्तिले प्राप्त भएको यस अवसरको सदुपयोग गर्दै जनतालाई खुसी पार्ने र संयमित हुँदै आगामी चुनाव सम्पन्न गराउन सबैलाई सहयोग गर्न म हार्दिक आग्रह गर्दछु।’


सम्बन्धित समाचार