Logo

१ असोज,वीरगञ्ज । नेपाल चिकित्सक संघ नारायणी अञ्चल शाखाले नेपाल तेरापंथ युवा परिषदको सहकार्यमा बुधबार वीरगञ्जमा आयोजना गरेको रक्तदान कार्यक्रममा २० जनाले रगतदान गरेका छन्।

संघको भवन, नारायणी अस्पताल नजिकै सम्पन्न कार्यक्रममा विभिन्न चिकित्सकहरू तथा स्वास्थ्यकर्मीहरूले रक्तदान गरेका हुन्। रक्त सञ्चार केन्द्र वीरगञ्जका अनुसार रगतदान गर्नेमा डा. उदयनारायण सिंह, डा. रामकिशोर सिंह, डा. आनन्द चौरसिया, डा. उमेश चौरसिया लगायत चिकित्सकहरू रहेका छन्।

कार्यक्रम नेपाल चिकित्सक संघ नारायणी अञ्चल शाखाका अध्यक्ष डा. मनोज कुमार गुप्ताको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा संघका सचिव डा. नौशाद हकसहित अन्य पदाधिकारी तथा सदस्यहरूको उपस्थिति थियो।

संघका अध्यक्ष डा. गुप्ताले नियमित रक्तदानले जीवन बचाउन मद्दत पुग्ने भन्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे। उनले रक्त अभावका कारण कुनैपनि बिरामीले उपचार नपाउनुपर्ने भन्दै समाजमा रक्तदानप्रति चेतना फैलाउन सबैलाई आग्रह गरे।

रक्त सञ्चार केन्द्र वीरगञ्जले समेत उक्त कार्यक्रमलाई सफल बनाएकोमा धन्यवाद व्यक्त गर्दै रक्त संकलनमा सहयोग पु¥याउने सबैलाई आभार प्रकट गरेको छ।

 


सम्बन्धित समाचार