Logo

प्रतिकात्मक चित्र

२५ असोज, काठमाडौँ । भीमदत्त राजमार्गअन्तर्गत डोटीको जोरायल गाउँपालिका–२ मा आज बिहान इभी गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ६ बालबालिकासहित २१ जना घाइते भएका छन्।

अछामबाट धनगढीका लागि छुटेको सु.प.प्र.०१–००१ ख ३९५६ नम्बरको गाडी तीव्र गतिमा रहेकाले अनियन्त्रित भई सडकबाट तल खस्दा दुर्घटना भएको प्रहरीले जनाएको छ।

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय, अत्तरियाका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर जोराका अनुसार दुर्घटनामा अछामको मंगलसेन नगरपालिका–की २२ वर्षीया हरिना परियारको घटनास्थलमै मृत्यु भएको हो।

घाइते २१ जनामध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। सबै घाइतेलाई उपचारका लागि धनगढीस्थित विभिन्न अस्पतालहरूमा लगिएको छ।

प्रारम्भिक अनुसन्धान अनुसार, गाडी अत्यधिक गतिमा रहेकाले नियन्त्रण गुमाएर सडकबाट तल खसेको प्रहरीको भनाइ छ। घटनास्थलमा अतिरिक्त प्रहरी टोली पठाइएको छ र दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।


सम्बन्धित समाचार