Logo

२७ असोज, काठमाडौँ । प्यालेस्टिनी समाचार एजेन्सी ‘शेहाब’ले हमासले छिट्टै मुक्त गर्ने तयारी गरिरहेका २० जना बन्धकहरूको नाम सार्वजनिक गरेको छ।

सार्वजनिक सूचीमा नेपाली नागरिक विपिन जोशीको नाम समावेश छैन। त्यस्तै अज्ञात भनिएका अर्का इजरायली नागरिक तामीर निम्रोदीको नाम पनि सूचीमा पाइएको छैन।

सार्वजनिक गरिएका नामहरू पहिले नै अनुमान गरिएका २० जना जीवित बन्धकको सूचीसँग मेल खान्छन्। यी बन्धक सबै इजरायली नागरिक हुन्। उनीहरूको हस्तान्तरण प्रक्रिया सुरु गर्ने तयारी भइरहेको छ।

हस्तान्तरण कार्यलाई सहज र सुरक्षित बनाउने उद्देश्यले अन्तर्राष्ट्रिय रेडक्रस सोसाइटीको टोली गाजा पट्टीमा पुगेको छ। टोलीले बन्धकहरूको स्वास्थ्य जाँच, मनोवैज्ञानिक सहयोग र सुरक्षित निकासी सुनिश्चित गर्नेछ।

यो घटनाले विपिन जोशी र अन्य अज्ञात बन्धकहरूको सुरक्षित फिर्तीप्रति अन्तर्राष्ट्रिय समुदायको ध्यान केन्द्रित भएको छ।


सम्बन्धित समाचार