Logo

प्रतिकात्मक चित्र

२ कात्तिक,वीरगञ्ज । बारामा शनिबार राति भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको ज्यान गएको छ। पथलैयाबाट निजगढतर्फ जाँदै गरेको ना ३३ प ६८५७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई जीतपुरसिमरा उपमहानगरपालिका–१ स्थित डुङ्ग्रे पुलको रेलिङमा ठोक्किएर दुर्घटना भएको हो।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार, दुर्घटनामा गम्भीर घाइते भएका दुबै जनालाई तत्कालै बाराकै नौतनस्थित एलएस न्युरो अस्पताल लगिएको थियो। उपचारका क्रममा चिकित्सकहरूले दुबै जनालाई मृत घोषणा गरेका हुन्।

मृतक मध्ये एक जनाको परिचय खुलेको छ। उनी जीतपुरसिमरा उपमहानगरपालिका–१५, डुमरवाना नयाँ बस्तीका २० वर्षीय साजन तमाङ रहेको प्रहरीले जनाएको छ। अर्का मृतकको भने अहिलेसम्म पहिचान खुल्न सकेको छैन।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।


सम्बन्धित समाचार