Logo

कात्र्तिक, ११ काठमाडौँ । जेनजी आन्दोलनका नाममा भदौ २४ गते देशका २३ वटा अदालतमा भएको आगजनी र तोडफोडको घटनामाथि अब सर्वोच्च अदालत कठोर रूपमा प्रस्तुत हुने भएको छ ।

सर्वोच्च अदालतको पूर्ण बैठक (फुलकोर्ट)ले आगजनी र तोडफोडमा संलग्नहरूलाई कानुनी दायरामा ल्याउन तत्काल जाहेरी दिने महत्त्वपूर्ण निर्णय गरेको छ । सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार, फुलकोर्ट बैठकले क्षतिको विस्तृत विवरणसहित आगजनीमा संलग्नहरूविरुद्ध पक्राउ गरी अनुसन्धान अगाडि बढाउनका लागि प्रहरीमा जाहेरी दिने निर्णय गरेको हो ।

सर्वोच्चले सबै क्षति पुगेका अदालतहरूलाई आ–आफ्नो जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिन निर्देशन दिएको छ। प्रवक्ता कोइरालाले आगजनीमा संलग्न कतिपय व्यक्तिको पहिचान भिडिओ, फोटो र सीसी क्यामेरा फुटेजबाट भइसकेको जनाएका छन्। उनले जाहेरीले अनुसन्धानमा सहयोग पुग्ने र कानुनी प्रक्रियाको रेकर्ड रहने बताएका छन् ।


सम्बन्धित समाचार
भर्खरै