१२ कात्र्तिक, काठमाडौं । प्रतिनिधि सभा विघटनसम्बन्धी बहुचर्चित रिट निवेदनहरूमा सर्वोच्च अदालतले आजदेखि सुनुवाइ प्रक्रिया सुरु गरेको छ । यस गम्भीर संवैधानिक विषयको टुङ्गो लगाउन सर्वोच्चका प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको नेतृत्वमा पाँच सदस्यीय संवैधानिक इजलास गठन भएको छ ।
रोलक्रममा आधारित इजलास
सर्वोच्च अदालतले यसपटक संवैधानिक इजलास गठन गर्दा न्यायाधीशहरूको रोल क्रम (वरिष्ठता) लाई प्रमुख आधार बनाएको छ । इजलासमा प्रधानन्यायाधीश राउतका साथै न्यायाधीशहरू सपना प्धरान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाँल र मनोजकुमार शर्मा समावेश हुनुहुन्छ । गत भदौ २७ गते तत्कालीन प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभा विघटन गर्नुभएको थियो । त्यसलगत्तै यो कदमलाई असंवैधानिक भन्दै सर्वोच्च अदालतमा १६ वटा रिट निवेदन दर्ता भएका थिए ।
प्रधानमन्त्री कार्कीको अन्तरिम सरकार भदौ २७ गते नै गठन भएको थियो, जुन गठन हुनुअघि भदौ २३ र २४ गते जेनजी पुस्ताको वृहत् प्रदर्शन भएको थियो । संवैधानिक इजलास गठन भएसँगै अब यो राजनीतिक रूपमा संवेदनशील र संवैधानिक प्रश्न जोडिएको विषयमा अदालतको प्रक्रिया औपचारिक रूपमा अगाडि बढेको छ ।
















